नयाँ तामाङ गीत ‘भुपु माया’(भिडियोसहित)

  • नेपाल पथ
  • २०८२ भाद्र २, सोमबार (२ दिन अघि)
  • २०४ पटक पढिएको
नयाँ तामाङ गीत ‘भुपु माया’(भिडियोसहित)

काठमाडौं– नयाँ तामाङ गीत ‘भुपु माया’ बजारमा आएको छ । तामाङ गीत–संगीतप्रेमी श्रोता–दर्शकलाई लक्षित गरि निकालिएको भुपु माया सार्वजनिक गरिएको हो ।

Advertisement

रञ्जित वाइबा र अनिशा तामाङको स्वरमा सजिएको गीतमा चर्चित मोडल धादिङकी सुनिता वाइबा र दुर ब्रेभ गुरुङले अभिनय गरेका छन् । भुपु मायामा राजु लामा थिङले लिरिक्स् तथा संगीत भरेका छन् । सानोबाबु घिसिङको एरेञ्ज, मिक्सिङ र मास्टरिङ रहेको छ । भिडियोको छायांकन दुर्गा श्रेष्ठ, सम्पादन तथा रंग सजावट अनिल विष्ट प्युठानेले गरेका छन् । निर्देशन र कोरियोग्राफी सञ्जीव ठोकरको रहेको छ ।

भिडियोमा प्रेममा रहेका जोडीबीचको बिछोड र अर्कैसँग हुने विवाहको अधुरो प्रेम कथाको चित्रण गरिएको छ । लोक तथा आधुनिक दुवै क्षेत्रमा चर्चित सुनिता वाइबाले यसअघि दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । नृत्यकला र अभिनयमा दक्ष उनीले खेलेका थुप्रै गीतहरुले चर्चा बटुलेको छ । भुपु मायालाई पनि उस्तै माया तथा साथ पाइने उनले दर्शक श्रोता माझ अपेक्षा गरेकी छिन् ।

पछिल्लो समय तामाङ गीत–संगीतले नेपाली श्रोता–दर्शकमाझ छुट्टै स्थान बनाउन सफल भइरहेको छ । नेपाली गीत संगीतको क्षेत्रमा तामाङ समुदायको भाषा, कला, संस्कृतिको जगेर्णा गर्दै कुसंस्कारको अन्त्य गर्न सहयोग पुग्ने पनि सुनिताले बताइन् ।

‘तामाङ भाषा नबुझ्नेहरूले पनि यसलाई रुचाउन थालेका छन् । भिडियोमा प्रेममा रहेका जोडीबीचको बिछोड र अन्ततः पुरानो प्रेमलाई छाडेर अर्को ठाउँमा हुने विवाहको कथा प्रस्तुत गरिएको छ । यसले दर्शकलाई गहिरो भावनात्मक सन्देश दिन खोजेको छ । भुपु मायाले सबैको मन जित्नेमा ढुक्क छु’ उनले भनिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

खोजी गर्नुहोस

ताजा अपडेट