सिद्धलेक गाउँपालिकामा तीज गीत प्रतियोगिता, फुलबारी आमा समुह प्रथम

  • २०८२ भाद्र ५, बिहिबार (१ घण्टा अघि)
  • ४४ पटक पढिएको
सिद्धलेक गाउँपालिकामा तीज गीत प्रतियोगिता, फुलबारी आमा समुह प्रथम

धादिङ- नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा सिद्धलेक गाउँपालिकाले जनचेतनामूलक अन्तर वडा प्रतिस्पर्धात्मक तीज गीत प्रतियोगिता कार्यक्रम गरेको छ ।

Advertisement

प्रतियोगितामा फुलबारी आमा समुह प्रथम, शान्ति स्वास्थ्य आमा समुह द्धितिय, सिर्जशिल महिला कृषि सहकारी समुह तृतिय र अमर ज्योति महिला समुह सान्त्वना भएका छन् । विजयी समुहहरुलाई क्रमशः १० हजार, ७ हजार ५ सय, ५ हजार र ३ हजार नगदसहित प्रमाणपत्र वितरण गरिएको छ । तीज गीतमार्फत घरेलु हिंसा अन्त्य, छोरी शिक्षाको महत्व, लैंगिक समानता, बालविवाह न्यूनीकरण, विगतका भोगाइ तथा भएका परिवर्तन र सफलताका कथा लगायतका विषय उठाएका थिए । महिला सशक्तिकरण, सामाजिक सन्देश प्रवाह गर्दै कला संस्कृतिको जगेर्णा गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका सबै वडाका महिलाहरुको सक्रिय सहभागिता रहेको थियो ।

तीज केवल रमाइलो र नाचगानको पर्व मात्र नभई महिलाको पीडा, संघर्ष र अधिकारका सवाललाई उजागर गर्ने मौलिक संस्कार रहेको सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालले बताए । जनचेतनामूलक सांस्कृतिक कार्यक्रमले गाउँपालिकामा सामाजिक सचेतना अभिवृद्धि गर्न टेवा पुर्याउने उनको भनाई छ । प्रतिस्पर्धामा विभिन्न वडाका समूहहरूले मौलिक भेषभूषा, गीत र नृत्य प्रस्तुत गरेका थिए । निर्णायक मण्डलले सन्देशपूर्ण गीत, भेषभुषा, प्रस्तुतीको मौलिकता र अनुशासनका आधारमा सहभागीहरुलाई पुरस्कृत गरिएको हो । स्थानीय महिलाले तीजलाई रमाइलो मात्र नभई सचेतनामूलक पर्वका रूपमा प्रस्तुत गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । गाउँपालिकाले आगामी वर्षहरूमा पनि यस कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउन निरन्तरता दिनु पर्ने बताएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट