धादिङमा आफ्नै छोराद्वारा आमाको ह’त्या

धादिङमा आफ्नै छोराद्वारा आमाको ह’त्या

काठमाडौँ– धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका-५ थापाकठेरीमा आफ्नै छोराले आमाको हत्या गरेको छ ।

३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रहार गरी ५४ वर्षीय आमा राममाया कँडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

प्रहरी उपरिक्षक रिजालका अनुसार यमबहादुर कंडेललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको छ । आइतबार राति ९ बजे पक्राउ गरिएको हो । प्रहरी घटनास्थल पुग्दा आमाको हत्या गरी हातमा खुँडा बोकेर हिँडिरहेको अवस्थामा भेटिएको थियो । हतियार बोकेर बाहिर हिँडिरहेको यमबहादुर पछि घरभित्र छिरेपछि उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक रिजालले बताए ।

आफ्नै आमालाई किन त्यसरी हत्या गर्यो भन्ने कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    खोजी गर्नुहोस

    ताजा अपडेट