२१९ केजी गाँजा र २ केजी पोल्याङसहित धादिङबाट ४ जना पक्राउ

२१९ केजी गाँजा र २ केजी पोल्याङसहित धादिङबाट ४ जना पक्राउ

काठमाडौँ– प्रतिबन्धीत लागुऔषध गाँजा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पृथ्वीराज मार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ खटौटीबाट २ सय १९ किलोग्राम २१ ग्राम गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले बताए ।

रोकिराखेको भारतीय नम्बरको बिआर ०१ जिबि ८६५३ नम्बरको मिनि ट्रकमा लुकाइछिपाइ चितवनतर्फ लैजान लागिएको अवस्थामा आइतबार  २ सय १९ किलोग्राम गाँजा, १ सय २० ग्राम अफिमजस्तो देखिने कालो पदार्थ र सवारी साधन बरामद गरिएको पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्। । प्रहरी उपरिक्षक रिजालका अनुसार टाटा मिनिट्रकको क्याबिन पछाडीको ढालामा फल्स बटम बनाइ निकासी गर्न लागिएको अवस्थामा ३० ओटा स-साना पोकामा राखेर गाँजा लैजान लागिएको अवस्थामा बरामद गरिएको थियो । इलाका प्रहरी कार्यालय गजुरीले पर्सा जिल्ला बाहुदरमाइ नगरपालिका-४ का २८ वर्षीय दिननाथ यादव र सोही जिल्ला कालिकामाइ गाउँपालिका-१ का ५३ वर्षीय कमल राउत कूर्मिलाई आइतबार लागू औषधसहित पक्राउ गरिएको छ । जिल्ला अदालतमा पेश गरी लागुु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

त्यसैगरी प्रहरीले धुनीबेसी नगरपालिका- ६ धार्केमा प्रतिबन्धीत लागुऔषध २ केजी ४५ ग्राम पोल्याङ सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले चेकजाँचका क्रममा किराञ्चोकबाट काठमाडौँतर्फ बा प्र ०२ – ०५८ प ८६८७ नम्बरको मोटरसाइकलमा २ ओटा पोका बरामद गरेको हो । गजुरी गाउँपालिका- ८ का २२ वर्षीय सोनाम तामाङ र २६वर्षीय राजकुमार लोप्चनलाई प्रहरीले पक्राउ गरि लागुऔषध नियन्त्रण ऐन अन्तरगत अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी धादिङको गजुरी गाउँपालिका-४ गैरीगाउँ चौकीटारमा करिब ५० रोपनी जग्गामा रहेको गाँजा खेती नष्ट गरिएको छ। स्थानीय तथा सार्वजनिक जग्गामा उम्रेका गाँजाका बोटहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले नष्ट गरेका हुन्।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%२%

    खोजी गर्नुहोस

    ताजा अपडेट