धादिङ – धादिङको खनियाँबासमा गाउँपालिका-४ महिला भलिबल प्रतियोगिता हुने भएको छ।
लालीगुराँस स्वास्थ्य आमा समूहको आयोजनामा आगामी असोज ३१ गते शुभ दिपावलीको अवसरमा प्रतियोगिता आयोजना गरिएको लालिगुराँस स्वास्थ्य आमा समूहका अध्यक्ष पुष्पा कुमारी गुरुङले जानकारी दिए।
महिला सशक्तिकरण र स्वास्थ्य सचेतनाको सन्देशसहित भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताइन । प्रतियोगितामा सहभागी हुनका लागि टिम दर्ता २ हजार रहेको छ । असोज ३० गतेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ। वडा कार्यालय नजिकै रहेको काका दुङ खेलमैदानमा खेल खेलाइनेछ। प्रथम, द्वितीय, तृतीय र सान्त्वना क्रमश २० हजार, १५ हजार, १० हजार र दुई हजार पाँच सय नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
कार्तिक ४ गते फाइनल खेल खेलाइने आयोजकले जानकारी दिएको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप