किन्डर वर्ल्ड बोर्डिङ स्कुलले ‘क्युट किड्स च्याम्पियन’ आयोजना गर्दै

  • २०८२ पौष २९, मंगलबार (१ मिनेट अघि)
  • ७ पटक पढिएको
किन्डर वर्ल्ड बोर्डिङ स्कुलले ‘क्युट किड्स च्याम्पियन’ आयोजना गर्दै

धादिङ– धादिङमा ‘क्युट किड्स च्याम्पियन–२०८२’ हुने भएको छ । नीलकण्ठ नगरपालिका–३ स्थित किन्डर वर्ल्ड बोर्डिङ स्कुलले स्थापना दिवसको अवसरमा ३ वर्ष उमेरभन्दा मुनिका बालबालिकाको शारीरिक तथा मानसिक विकास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिता माघ ७ गते धादिङ फुटसल एकेडमीमा हुने विद्यालयका प्रधानाध्यापक सुर्य श्रेष्ठले बताए । ‘प्रतियोगितामा जुन कुनै विद्यालयमा अध्ययनरत बालबालिकाले सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ । इच्छुक अभिभावकहरूले आफ्ना नानीबाबुको नाम निःशुल्क दर्ता गराउन सक्नेछन्’ उनले भने- ‘प्रतियोगितामा Horse Race, Body Balance तथा Run and Blast जस्ता खेलहरू समावेश गरिनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बालबालिकालाई आकर्षक पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिने छ ।’

प्रतियोगिताले बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गर्न लागिएको उनले बताए । कार्यक्रममा सहभागी हुन सम्पूर्ण अभिभावकहरूलाई आग्रह छ । समाजमा घुलमिल हुन र व्यक्तित्व विकास हुने अपेक्षा गरिएको छ । धेरै भन्दा धेरै बालबालिकाहरुलाई समावेश गरिने उनले बताए ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट