





























धादिङ– आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका भूमि त्रिपाठीलाई मतदाताहरूले भूमिस्थान र तसर्थलाई विकाससँग जोड्न आग्रह गरेका छन् ।
मतदाता भेटघाट कार्यक्रम अन्तर्गत दक्षिणी धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २, ३ र ४ का विभिन्न बस्तीहरूमा पुगेका त्रिपाठीलाई नागरिकको आवश्यकता र चाहना अनुसार विकास र नीति नियम तथा कानुन बनाउन मतदाताहरूले आग्रह गरेका हुन्।
प्रतिनिधिसभा उम्मेदवार त्रिपाठीलाई निति कानून बनाउन पठाउने भएपनि नागरिकहरुको आशा भने विकास र समृद्धिका लागि काम गर्न आग्रह गरेका छन् । महादेबबेसी निगाले, आग्रा सडक, महादेबबेसी रातमाटे चल्ती सडक कालोपत्रे लगायतका सडक योजना गाउँमा ल्याउन आग्रह गरेका छन् । सिंचाइ र खानेपानी, शिक्षा र स्वास्थ्य लगायतका विषयमा नागरिकले सरल पहुँच हुने गरि निति बनाउन समेत माग गरेका हुन् ।
मतदाताहरूको माग र सवालका विषयमा सम्बोधन गर्दै उम्मेदवार त्रिपाठीले नागरिकको चाहना र आवश्यकता अनुसारको नीति नियम कानुन बनाउने र विकास निर्माणका योजनाहरू ल्याउने बताएका छन्। बिहिबार महादेबबेसी, समनटार, सिम, मिलनचोक, भूमिचुली, डाँडाखार्क, डाँडागाउँ, निगाले, लिति, बाहुनथान र धैरेनीका मतदाताको घरमा पुगेर जनपीषय कानून निर्माण गर्दै विकासका कार्यक्रममा जनताको पहुच पुग्नेगरि सघाउने त्रिपाठीले प्रतिवद्धता व्यक्त व्यक्त गरेका छन्।


स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
