





























काठमाडौं- त्रिपुरासुन्दरी गाउँपालिका–१ डाँडागाउँका राम बहादुर उप्रेतीले अक्सिजनसहितको एम्बुलेन्समा गएर मतदान गरेका छन् । अक्जिन सिलिण्डरको सहायतामा रानिपौवास्थित रानीपौवा मतदान केन्द्रमा पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।


प्यारालाइसिसका कारण ६७ वर्षिय उप्रेतीको देब्रे हातखुट्टा चल्दैन । तीन वर्षअघि उच्च रक्तचापका कारण थलिएका उनी अहिले २४ सै घण्टा अक्सिजनको सहारामा छन् । स्वास्थ्य अवस्था निकै कमजोर रहेकाले उनलाई मतदान गर्न परिवारका सदस्यहरूले एम्बुलेन्समा मतदान केन्द्रसम्म लगेका थिए।
लोकतन्त्रप्रतिको विश्वास र सम्मानका लागि अक्सिजन सिलिण्डरसहित मतदान स्थल पुगेको उप्रेतीले बताए । ‘मतदान अधिकार मात्र होइन, कर्तव्य पनि हो’ लोकतन्त्रको रक्षा र नागरिकको अधिकार सुनिश्चित गर्दै देशको विकासका लागि निर्वाचन र मतदान आवश्यक छ’ उनले भने ।
स्वास्थ्य अवस्था निकै कमजोर रहेका उप्रेतीलाई मतदान गर्न उनका परिवारले एम्बुलेन्समा लगेका थिए । उनको यो मताधिकारले ‘मतदान केवल अधिकार मात्र नभएर जिम्मेवारी पनि हो’ भन्ने सन्देश दिएको स्थानीयहरुले बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
