धादिङमा ५७.५३ प्रतिशत मत खस्यो

धादिङमा ५७.५३ प्रतिशत मत खस्यो

काठमाडौं- धादिङमा १ लाख ५८ हजार ३ सय ८४ मत खसेको छ ।

Advertisement

कुल २ लाख ७५ हजार २ सय ८० मतदातामध्ये ५७ दशमलव ५३ प्रतिशत मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । ७६ हजार ६ सय ८० महिला, ८१ हजार ७ सय ३ पुरुष र एक अन्य गरि ५७ दशमलव ५३ प्रतिशत मतदाताले मतदान गरेका हुन् ।

धादिङमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए । ‘केही मतदान केन्द्रको अवलोकन पनि ग¥र्याै । हामी सबैले चाहेको र प्रयास गरे अनुरुपनै निर्वाचन सम्पन्न भयो । सडक सञ्जाल नपुगेका उत्तरी धादिङको केही मतदान केन्द्रबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याउने तयारी गरेका थियौं । तर मौषस अनुकुल नहुदा सवारी सधानमै ल्याउने तयारीमा छौं’ उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट