मन्त्रिपरिषद्‌मा गृहमन्त्री सुधन गुरुङको वरीयता घटाइयो

  • २०८२ चैत्र २४, मंगलबार (२ मिनेट अघि)
  • ९ पटक पढिएको
मन्त्रिपरिषद्‌मा गृहमन्त्री सुधन गुरुङको वरीयता घटाइयो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रीहरूको वरीयता हेरफेर गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेनको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।

यही चैत १३ गते मन्त्रिपरिषद् विस्तार गरिँदा गुरुङ तेस्रो वरीयतामा थिए । मन्त्रिपरिषद्‌को तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ स्थानमा राखिएको हो ।

परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो  र उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विरजभक्त श्रेष्ठ चौथो वरीयता दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट