






























 
	
      
 
  
   
 
काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन तय भएको प्रदेश सभा बैठक स्थगित भएको छ ।



शुक्रबार अपराह्न ५ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको थियो। प्रदेश सभा सचिवालयले तेस्रो अधिवेशनको दशौं बैठक बस्ने भन्दै सूचना निकालेको थियो ।
तर बैठक स्थगित भएको छ । प्रदेश सभा सचिव देवबहादुर बोगटीले शुक्रबार अपराह्न ५ बजेका लागि बोलाइएको बैठक स्थगित भएको बताए ।
बैठक शनिबार अपराह्न ५ः३० बजेसम्मका लागि स्थगित भएको हो ।

स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप

