त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

  • २०८१ अषाढ २, आईतबार (१० महिना अघि)
  • २५० पटक पढिएको
त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन् । अवैध रूपमा लुकाएर लैजान लागेको करिब ८९ ग्रामको सुनसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ पर्नेमा ४३ वर्षीय भारतीय नागरिक नितिन महेश्वरी छन् ।

शनिबार साँझ थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उक्त धातुसहित प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट