





























	
      
  
   
 
काठमाडौं- स्वर्गिय डाक्टर प्रतिभा धौभडेलको सम्झनामा धादिङमा दिप प्रज्वलन गरिएको छ । १३औं दिनको पुण्य तिथिको अवसरमा धादिङ अस्पतालले दिप प्रज्वलन कार्यक्रम गरेको हो ।



विदामा रहेकी धादिङ अस्पतलामा कार्यरत डाक्टर प्रतिभा चैत १५ गते काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा मृत भेटिएकी थिइन् । स्वर्गिय डाक्टर प्रतिभाको मृत्यु भएको मिति २०८० चैत १५ गते उनको स्मृतिमा हरेक वर्ष धादिङ अस्पतालले स्वास्थ्य शिविर सञ्चालन गर्ने धाङि अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले बताए ।
श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रममा धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजाल, मेडिकल सुपरिटेन्डण्ट डाक्टर गगन अधिकारी, स्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु झा, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा लगायत धादिङ अस्पतालका कर्मचारीहरुले मृत आत्माको चीर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप

