स्काभेटर दुर्घटनामा सह–चालकको ज्यान गयो, चालक गम्भीर घाइते

  • २०८१ बैशाख १७, सोमबार (१ साल अघि)
  • २६१ पटक पढिएको
स्काभेटर दुर्घटनामा सह–चालकको ज्यान गयो, चालक गम्भीर घाइते

काठमाडौं– कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुभकालिका गाउँपालिका–१, बस्ने २४ वर्षीया दलबहादुर रिजाल रहेका छन् । उनी उक्त स्काभेटरका सह–चालक हुन् ।

Advertisement

यस्तै चालक कैलालीको चुरे गाउँपालिका–५ का २८ वर्षीया हिक्मत रोका मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार स्काभेटर आज बिहान तीन बजेतिर शुभकालिका गाउँपालिका–१ छाति भन्ने ठाउँमा दुर्घटना भएको हो ।

घाइते चालकलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट