यार्सा सङ्कलन गर्न गएका चार जनाको लेक लागेर मृत्यु

  • २०८१ जेष्ठ २०, आईतबार (१ साल अघि)
  • ३४३ पटक पढिएको
यार्सा सङ्कलन गर्न गएका चार जनाको लेक लागेर मृत्यु

काठमाडौं– मुगुमा यस वर्ष यार्सागुम्बा सङ्कलन गर्न गएका चारजनाको ज्यान गएको छ । उनीहरुको लेक लागेर ज्यान गएको हो ।

Advertisement

हिजो छायानाथ रारा नगरपालिका–१२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, कम्फा गाउँका शोभान बुढा, छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका २० वर्षका देवराज बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

एक जनाको केही दिन अघि ज्यान गएको थियो । यस्तै एक जना सिकिस्त बिरामी परेका छन् । मुगुमा गएको वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर ज्यान गएको थियो ।

मुगुका २४ भन्दा बढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गएको वैशाख २५ गते प्रवेश खुला गरेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट