काठमाडौं– जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरू दुवै जना शुक्रबार राति साढे ८ बजे अर्धबेहोश अबस्थामा फेला परेपछि प्रहरीले उपचारको लागि पाटन अस्पताल लगिएको थियो । चिकित्सकले दुवै जनालाई ९ः२७ मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप