काठमाडौं– नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणीस्थित गण्डक ब्यारेज पुलबाट नारायणी नदीमा खसेर एक बालिकाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी निवासी चन्दन गुप्ताकी १३ वर्षीया छोरी आँचल गुप्ताको नारायणी नदीमा डुबेर निधन भएको हो ।
पुलमा खेल्ने क्रममा उनी एक्कासी नदीमा खसेकी उनको स्थानीय र प्रहरीले उद्दार गरी उपचारका लागि भारतको सुरबी मेडिकल कियरमा लगिएकोमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप