काठमाडौं– प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओले खाजा उपलब्ध गराएको विषयमा विवाद भएपछि बैठक स्थगित भएको छ ।
आइतबार बिहानका लागि बोलाइएको बैठकमा एनजीओले खाजा उपलब्ध गराएपछि गृहमन्त्री रबि लामिछाने बैठक सुरु नहुदै बाहिरिएका थिए ।
बिहान ८ बजेका लागि बोलाइएको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल ’ गर्ने एजेन्डा रहेको थियो ।
तर बैठकमा मंहगो मूल्यका खाजा एलएक्सपिटीडी भन्ने संस्थाले उपलब्ध गराएको खुलेपछि लामिछानेले बैठक सुरु नहुदै बाहिरिएका थिए । खाजाको प्याकेटमा चना, फलफुल, जाम–पाउरोटी, अण्डा, आलु आदि रहेको बैठकमा उपस्थित एक सांसदले बताए ।
गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर बैठक नगर्ने भन्दै समितिका सभापति रामहरि खतिवडालाई प्रश्न गरेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप