सल्यानमा जीप दुर्घटना हुदा ४ जना घाइते

  • २०८१ मंसिर २२, शनिबार (४ महिना अघि)
  • १५४ पटक पढिएको
सल्यानमा जीप दुर्घटना हुदा ४ जना घाइते

काठमाडौं– सल्यानमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाको बामेबाट सल्लीबजार आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०६५१ नम्बरको बोलेरो जिप बन्गाड कुपिण्डे-१ नाथेखोला जामुने सडक खण्डको कालिका मन्दिर नजिक शनिबार दिउँसो १२ बजेतिर दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइते हुनेमा बन्गाड कुपिण्डे-३ का कृष्ण बुढाथोकी, पार्वती राना, नैनी बिक, बालिका कमला बिक र रुकुम पश्चिमको चौरजहारी नगरपालिका-७ बस्ने ३७ वर्षीया हिरा बस्नेत रहेका छन् ।

जिप सडकदेखि करिब २५ मिटर तल खसेको छ । घाइते सबैलाई सल्लीबजारस्थित सिटी अस्पतालमा सामान्य उपचारपछि नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । ओरालो सडकमा ब्रेक फेल भई गाडी दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट