यू–१९ महिला एशिया कपबाट नेपाल बाहिरियो

  • २०८१ पौष ५, शुक्रबार (४ महिना अघि)
  • २०३ पटक पढिएको
यू–१९ महिला एशिया कपबाट नेपाल बाहिरियो

काठमाडौँ- एसीसी महिला यू–१९ एशिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

Advertisement

मलेशियाको वायुमास ओभल मैदानमा वर्षाले अवरोध गरेकाले ११ ओभरमा छोट्याइएको आजको खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको हो । यसअघि नेपाल–श्रीलंकाबीचको खेल पनि वर्षाले अवरुद्ध गरेपछि दुवैले १÷१ अंक बाँडेका थिए ।

आजको जितसँगै बंगलादेशले अब एशिया कपको फाइनलमा भारतसँग प्रतिष्पर्धा गर्नेछ ।

नेपालले पहिले ब्याटिङ गर्दै ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको थियो। जितका लागि ५५ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले ९ ओभर ५ बलमा एक विकेटमात्र गुमाएर ५६ रन बनाउँदै खेल जित्यो।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट