नीलकण्ठ नगरपालिकाले स्थापना दिवसमा खेलकुद प्रतियोगिता गर्दै

  • २०८२ बैशाख १९, शुक्रबार (११ घण्टा अघि)
  • १०८ पटक पढिएको
नीलकण्ठ नगरपालिकाले स्थापना दिवसमा खेलकुद प्रतियोगिता गर्दै

काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिकाले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने भएको छ । विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरि नगरपालिकाले स्थापना दिवस मनाउन लागेको हो ।

Advertisement

नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७१ साल वैशाख २५ गतेको निर्णयवाट नीलकण्ठ नगरपालिका गठन भएको र उक्त गठन भएको दिन बैशाख २५ गतेको दिनलाई नगरपालिकाले स्थापना दिवसको रुपमा मनाउदै आएको छ । यो वर्ष पनि नगरपालिकाले विविध कार्यक्रम गरि मनाउन लागेको हो ।

नगरपालिकाले गत वर्ष जस्तै यस बर्ष पनि मैत्रिपूर्ण खेलकुद प्रतियोगिताहरु गरी वार्षिक उत्सव मनाउने तयारी गरेको छ।बैशाख २३ गते नीलकण्ठ नगरपालिका र नेपाल पत्रकार महासंघबिच फुटसल खेल, नीलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधि र महिला कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता र नीलकण्ठ नगरपालिका र जिल्ला क्रिकेट संघ, धादिङबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।

त्यस्तै बैशाख २४ गते नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मिक्स मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता र नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच बुद्धिचाल प्रतियोगिता गर्ने भएको छ ।

खेलकुदमा भागलिन इच्छुक सबैले बैशाख २२ गते कार्यालय समयमा सम्पर्क गरिदिनु हुन नगरपालिकाले आग्रह गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट