काठमाडौं– निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ।
सडक विस्तारका क्रममा रहेको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक बन्द गरिएको प्रहरीले जानकारी दिएको छ । सवारी साधन चिप्लिएर दुर्घटना हुनसक्ने जोखिम बढेपछि उक्त सडकखण्ड बन्द गरिएको हो ।
दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ। लामो जाम भएको कारण र सवारी चिप्लिन थालेपछि वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप