श्रीमती मार्न सुपारी लिएकाबाटै मारिए चुडाँमणी

श्रीमती मार्न सुपारी लिएकाबाटै मारिए चुडाँमणी

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ डुँडेठाँटीका ६० वर्षीय चुडाँमणी कँडेल २०८१ चैत २७ गते आफ्नै घरमा मृत भेटिएका थिए ।

Advertisement

दुई तले घरको भुईँतलाको कोठाभित्र रहेको अट्याच ट्वाइलेट तथा बाथरुमभित्र उनको शव भेटिएको थियो । घाटीमा डोरी कसिएको अवस्थामा भुँइमै कँडेलको शव फेला परेपछि अनुसन्धान थालेको प्रहरीले तीन जनालाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो ।

कँडेलको हत्या गरेको अभियोगमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान पक्राउ परेको धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

‘प्रजालाई वैशाख ३ गते डुँडेठाँटीबाट, थिङ र मुक्तानलाई वैशाख १६ गते मनहरी गाउँपालिका–७ बाट पक्राउ गरिएको हो । तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ’ उनले भने ।

‘मृतक चुडाँमणी कँडेल र श्रीमती सुस्मिता सिलवालविच बोलचालै बन्द हुने गरि सम्बन्ध बिग्रेको रहेछ । आफ्नै श्रीमती मार्न मृतक कँडेलले योजना बनाएर अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ दिए । प्रजाले पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई पनि साथ लिएका रहेछन्’ प्रहरी नायव उपरीक्षक हमालले भने– ‘सुस्मितालाई मार्ने धेरै पटक प्रयास गरे । लामो समयसम्म प्रयास गर्दा पनि उनीहरुले सुस्मितालाई मार्न सकेनन् । उनीहरुको योजना विफल बन्यो ।’

प्रहरी नायव उपरीक्षक हमालका अनुसार श्रीमती मार्ने सुपारी लिएकाले काम गर्न नसकेपछि कँडेलले उनीहरुलाई छिटो काम गर्न दबाब दिएका थिए । काम गर्न नसके चार लाख रुपियाँ फिर्ता गर्न समेत दबाब दिइएको पाइएको छ । धेरै नै दबाब दिएपछि सुपारी दिने कँडेललाई नै मार्ने योजना बनाएर उनको घरमा गएर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले मृतकको घाँटीमा कसेको डोरी, घटनामा प्रयोग भएको कोदालो, प्रजाको कोठाबाट कँडेलले दिएको १ लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा, जुत्ता र कम्ब्याट हाफ पाइन्ट, अभियुक्तहरूले मृतक कँडेलको फुटाएर फालेको फोन प्रहरीले बरामद गरेको छ ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट