वामपन्थी नेता प्रदीप नेपालको निधन

  • २०८२ बैशाख २३, मंगलबार (४ घण्टा अघि)
  • ७४ पटक पढिएको
वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं– वामपन्थी नेता प्रदीप नेपालको मंगलबार निधन भएको छ। पूर्व मन्त्रीसमेत रहेका नेता नेपालको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

Advertisement

लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित रहेका नेपालको अस्पतालको सघन उपचार कक्ष(आईसीयू)मा उपचाररत नेपालको निधन भएको हो । उनलाई केही दिनदेखि अस्पताल भर्ना भए पनि सोमबार आईसीयूमा सारिएको थियो ।

धनुषामा २०३५ सालमा गठन भएको कोर्डिनेसन केन्द्रको कमिटीमा उनी थिए । त्यसपछि उनी लगातार केन्द्रीय कमिटीमै रहे । २०७१ सालपछि भने उनी राजनीतिमा सक्रिय हुन सकेनन् । नेपाल रोगले ग्रसित हुने थालेपछि राजनीतिबाट निष्क्रिय बनेका थिए।

२०१० सालमा जन्मिएका नेपाल २०५१ मा तत्कालीन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला सञ्चार मन्त्री बनेका थिए। त्यसपछि शिक्षा मन्त्री भएका थिए।

नेपाल साहित्यकारसमेत हुन् । नेपाली साहित्यिक क्षेत्रमा उनी सञ्जय थापाका नामले परिचित छन् । उनले एक दर्जनभन्दा बढी उपन्यास लेखेका छन् । एमाले महासचिव मदन भण्डारीबारे नेपालले ‘बर्बरिक’ उपन्यास लेखेका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट