सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार २ सय रुपियाँ पुग्यो

  • २०८२ बैशाख २५, बिहिबार (६ घण्टा अघि)
  • ५८ पटक पढिएको
सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार २ सय रुपियाँ पुग्यो

काठमाडौं– सुनको मूल्य ६ सय रुपियाँले वृद्धि भएको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९२ हजार दुई सय रुपियाँमा कारोबार भएको छ ।
त्यसैगरी, एक तोला चाँदी रु. एक हजार ९५५ मा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।

बुधबार प्रतितोला सुन एक लाख ९१ हजार ६ सय रुपियाँ र चाँदी एक हजार ९६५ रुपियाँमा खरिद–बिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट