धादिङको निगालपानीमा ८८ वर्षीय वृद्धमाथि भतिजद्वारा खुकुरी प्रहार

  • २०८२ बैशाख २५, बिहिबार (४ घण्टा अघि)
  • ४७९ पटक पढिएको
धादिङको निगालपानीमा ८८ वर्षीय वृद्धमाथि भतिजद्वारा खुकुरी प्रहार

काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानीका वृद्धमाथि घरमै खुकुरी प्रहार भएको छ ।

Advertisement

निगालपानीका ८८ वर्षीय वृद्ध जगनाथ लम्सालमाथी आफ्नै दाईको छोरा (भतिजा) ६० वर्षीय बाबुकाजी लम्सालले खुकुरी हानेका हुन् । खुकुरी प्रहारबाट घाइते वृद्धलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पताल लगिएको छ ।

घाईते वृद्धको अनुहार र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी सुवास हमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक हमालका अनुसार वृद्धमाथी खुकुरी प्रहार गर्ने व्यक्ति घाइते वृद्धको आफ्नै दाईको छोरा हुन् । यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष कारागार सजाय भोगेर निस्किएका थिए । खुकुरी प्रहार गर्ने बाबुकाजीको श्रीमतीको वृद्धले नै काजक्रिया गर्दै आएका थिए ।

हत्या गरेको श्रीमतीको काजक्रिया गरेको भन्दै रिसाएका बाबुकाजीले हिडडुल गर्न समेत नसक्ने वृद्धमाथी बसिरहेकै ठाउँमा गएर एक्कासी अनुहारमा धारिलो हतियार प्रयोग गरेको स्थानीयले बताएका छन् ।

रक्सीको नसामा रहेका काबुकाजीलाई नियन्त्रणमा लिई अनुसन्धान गरि रहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट