भारत र पाकिस्तानबिच मिसाइल हानाहानः भारतको २७ विमानस्थल बन्द

  • २०८२ बैशाख २६, शुक्रबार (४ घण्टा अघि)
  • ५२ पटक पढिएको
भारत र पाकिस्तानबिच मिसाइल हानाहानः भारतको २७ विमानस्थल बन्द

काठमाडौं– भारत र पाकिस्तानबिच मिसाइल हानाहान भएको छ । दुई देशविच दोहोरो मिसाइल हानाहान भएपछि भारत सरकारले देशभरका २७ विमानस्थलहरु बन्द गरेको छ । पाकिस्तानले मिसाइल आक्रमण गरेपछि भारतको नागरिक उड्डयन मन्त्रालयले विमानस्थलहरु अस्थायी रुपमा बन्द गरेको हो ।

Advertisement

सुरक्षा सतर्कता बढाउदै भारतले विमानस्थलहरु बन्द गरेको छ । पाकिस्तानले बिहीबार राति एक्कासी भारततर्फ हमला गरेको थियो । हमलाको क्रममा जम्मु विमानस्थलमा ठूलो विष्फोटको आवाज सुनिएको थियो । तर त्यहाँको स्पष्ट विवरण सार्वजनिक भइसकेको छैन ।

पाकिस्तानबीच तनाव बढेपछि सुरक्षा परिस्थितिको कारण देखाउँदै भारतको जम्मुसहित अरु २७ विमानस्थलहरु १० मे बिहान साढे पाँच बजेसम्मका लागि बन्द गरिएको हो ।
भारतले इजरायलमा निर्मित ड्रोन पाकिस्तान विरुद्ध प्रहार गरेको थियो । इजरायलमा निर्मित दुई दर्जन बढी ‘हारोप ड्रोन‘ भनिने ‘हार्पी ड्रोन २’ भारतले प्रहार गरेको भारतीय रक्षा मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार लाहोरस्थित पाकिस्तानी मिसाइललाई असफल बनाउन इजरायलमा निर्मित हारोप ड्रोन प्रयोग गरिएको हो । ती ड्रोनलाई विफल बनाएको दाबी पाकिस्तानले गरेको छ । यसअघि बुधबार पाकिस्तानले पाँच वटा भारतीय लडाकु विमानलाई पनि खसालेको दाबी गरेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट