काठमाडौं–भारत र पाकिस्तानबिच युद्धविराम सम्झौता भएको छ । युद्धविरामपछि जम्मू कश्मीरको अवस्था सामान्य हुँदै गएको छ ।
सामान्य अवस्था भएपछि मंगलबार विद्यालयहरू खुलेका छन् । बारामुल्ला जिल्लाको सीमावर्ती उरी र साम्बा सेक्टर जस्ता अन्य क्षेत्रहरूमा विद्यालयहरू अझै खुलेका छैनन् । समाचार एजेन्सी एएनआईका अनुसार मंगलबार बिहान विद्यार्थीहरू स्कूल जाँदै गरेका देखिएका थिए । भारी गोलाबारीबाट प्रभावित पुंछको जीवन पनि विस्तारै सामान्य हुँदै गइरहेको छ र बजारहरू खुल्न थालेका छन् ।
एएनआईका अनुसार सोमबार राति साम्बा सेक्टरमा विस्फोटको आवाज सुनिएको थियो र सेनाले केही ड्रोनहरू देखेको बताएको छ । साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोनहरू देखिएका थिए तर, तिनीहरूलाई निष्क्रिय पारिएको सेनाले बताएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप