काठमाडौं– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका –५ खड्पुचोकस्थित बनेपा पनौती सडकखण्डमा रहेको प्रदिप श्रेष्ठको घरको सटमा टिपर छिरेको हो ।
मंगलबार बिहान ६ बजे बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख २४१७ नम्बरको टिपर घरभित्र छिरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
टिपर घरभित्र छिरेपनि मानविय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । टिपर कसरी घरभित्र छिर्यो भन्ने विषयमा अनुसन्धान भइ रहेको छ । सटरबाट टिपर झिकेर बनाउनका लागि बनेपा पठाइएको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप