पोखरामा बस दुर्घटना हुँदा २८ जना घाइते

  • २०८२ बैशाख ३१, बुधबार (४ घण्टा अघि)
  • ६० पटक पढिएको
पोखरामा बस दुर्घटना हुँदा २८ जना घाइते

काठमाडौं– पोखरा महानगरपालिका– २२ पुम्दिकोटमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

Advertisement

पुम्दिस्थित विश्वशान्ति स्तूपको पार्किङस्थल नजिकै सडकमा ग१ख ३८८६ नम्बरको बस पल्टिदा २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

घाइते हुनेहरुमा पनि ६५ वर्षीया रेखा साहु र ६१ वर्षीय मेलाराम साहु गम्भीर घाइते भएका छन् ।

बसमा सवार सबैजना भारतीय पर्यटक हुन् । पुम्दीकोटस्थित महादेवको मूर्ती दर्शन गरी फर्कने क्रममा रिजर्भ बस पल्टिएको प्रहरीले जनाएको छ । भारतको छत्तिसगढबाट मंगलबार राति उनीहरुसँगै ४९ जना पोखरा आएका थिए । बुधबार बिहान उनीहरु दुई वटा बस रिजर्भ गरि घुम्न निस्केका थिए ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट