






























धादिङ – धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्यूनिष्ठ पार्टीका उम्मेदवार राम बहादुर भण्डारीले अग्रता लिएका छन् । १ हजार १ सय ४४ मत ल्याएर अग्रता लिएका हुन् ।


नेपाली कांग्रेसका रमेश धमला १ हजार ४६, नेकपा एमालेका धनबहादुर घले ३ सय २७, राप्रपाका सुरेश रिजालले ६ सय २०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बोध नारायण श्रेष्ठले ४ सय ७१ मत प्राप्त गरेको छन् । त्यस्तै, उज्यालो नेपालका अमिर तामाङ २ सय ६१, श्रम संस्कृतिका टाँसी लामा तामाङ ३५ मत ल्याएका छन् ।
९ हजार २ सय ७२ मतदाता रहेको रुवीभ्यालीमा ४ हजार २ सय २५ मत खसेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । ४ हजार १६ मत सदर रहेकोमा २ सय ९ मत बदर रहेको जनाइएको छ ।

