कास्कीमा ईभी हायस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते

  • २०८२ बैशाख ३१, बुधबार (३ घण्टा अघि)
  • १५९ पटक पढिएको
कास्कीमा ईभी हायस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते

|फोटो: बुद्धराज बस्याल

काठमाडौं– कास्कीको पोखरा महानगरपालिका–३२ लामेआहालमा ईभी हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

Advertisement

धादिङबाट पोखरातर्फ जाँदै गरेको ग१ज ८६३० नम्बरका ईभी हायस पृथ्वी राजमार्ग अन्तर्गत लामेआहालमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । मृत्यु हुनेमा पोखरामा बस्दै आएकी धादिङ फुलखर्ककी झाँङमाया गुरुङ, नीलकण्ठ नगरपालिका-२ का अगम गुरुङ र ज्वालामुखी गाउँपालिका-५ का तिल कुमारी आचार्य रहेका छन् ।

दुुर्घटनामा परि घाइते भएकाहरु मध्ये पाँच जनाको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइ रहेको छ । उपचारपछि तीन जना डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक जाँचमा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने शंका गरिएको छ । हावाहुरीसहित पानी परिरहेका बेला तीव्र गतिका अनियन्त्रित भएर पल्टिएको हुन सक्ने अनुमान गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%

    खोजी गर्नुहोस

    ताजा अपडेट