|फाइल फोटो
काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति व्यहोरिरहेको बताएका छन् ।
जलवायु परिवर्तनको असर बढ्नुमा नेपालको भूमिका नरहे पनि नेपालले ठूलो क्षति व्यहोरिरहेको ‘सगरमाथा संवाद’को उदघाटन सत्रलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बताएका हुन् ।
‘यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन । तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने– ‘हिमनदीहरू पग्लिरहेका छन् । वर्षा अनिश्चित बन्दै गइरहेको छ । पहिरोहरूले घर–बास बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् । तर अझै हामी डटिरहेका छौं ।’
‘जलवायु परिवर्तनले पृथ्वी, जनता, विकास तथा समृद्धिमा ठूलो प्रभाव पारेको छ । जलवायु परिवर्तनबाट कुनै पनि समाज पूर्णरुपमा सुरक्षित छैन । जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन । यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो’ उनले भने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप