धादिङ– जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १५औं संस्करण शनिबारबाट धादिङबेसीमा सुरु भएको छ । नयाँ खेलाडी उत्पादन गर्ने र खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
स्थानीय स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने छन् । प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, एथ्लेटिक्स अन्तर्गतका हाइजम्प, लङजम्प, दौड लगायतका विभिन्न विधामा प्रतिस्पर्धा भइ रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङले बताए ।
‘धादिङका खेलाडी प्रदेश, संघ तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्ने वातावरण बन्नेछ । आगामी १७ गतेदेखि धादिङको प्रतिनिधित्व गरेर दोलखामा जादैछौं । विविध कारणले उद्घाटन समारोह भव्य नभएपनि समापन समारोह भव्य रहनेछ’ उनले भने ।
शनिबारदेखि सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारसम्म चल्नेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप