काठमाडौं– धादिङको धुनिबेशी नगरपालिका– ९ टायलघरमा हायस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
त्रिभुवन राजपथ अन्तर्गत टायलघरमा काठमाडौंबाट चितवन तर्फ जादै गरेको बा.४ ख ४५८९ नम्बरको माईक्रोबस दुर्घटना हुँदा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जनकार दिए ।
दुर्घटनामा परि नवलपरासी कावासोती ९ बस्ने ३८ वर्षिया अनिता राना, चितवनका ४४ वर्षिय अनुका भण्डारीलाई उपचारका लागि काठमाडौं लगिएको छ । त्यस्तै, १८ वर्षिय राजु गुरुङ र उनका श्रीमती ३० वर्षिया बिष्णु माया गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार माइक्रोबसको ब्रेक फेल भई सडक छेउमा ठोक्किएको हो । माइक्रोबसमा सवार १५ जनामध्ये चार जना घाइते भएका हुन् । दुई जनाको अवस्था गम्भिर रहेकोले काठमाडौं लगिएको छ । दुई जनाको खानीखोलामा रहेको अल्फाबेट क्लिनिकमा उपचार भइ रहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप