रुवीभ्यालीका किसानले खर्क व्यवस्थापनसम्बन्धी प्रशिक्षक बन्न प्रशिक्षण तालिम लिए

  • २०८२ जेष्ठ ९, शुक्रबार (१ महिना अघि)
  • २३७ पटक पढिएको
रुवीभ्यालीका किसानले खर्क व्यवस्थापनसम्बन्धी प्रशिक्षक बन्न प्रशिक्षण तालिम लिए

धादिङ– धादिङको रुवीभ्याली गाउँपालिका-१ लिन्जोमा उत्तरी हिमाली क्षेत्रमा सुरु गरिएको खर्क व्यवस्थापनसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम समापन गरिएको छ । उत्तरी धादिङको खर्क व्यवस्थापन गरी किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यले तालिम दिएर तालिम दिन सक्ने जनशक्ति उत्पादन गर्न तालिमको आयोजना गरिएको हो ।

Advertisement

डिभिजन वन कार्यालय, धादिङको आयोजना र राष्ट्रिय प्रकृति संरक्षण कोष, गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको सहयोगमा तालिम सुरु गरिएको हो । Green climate fund, IUCN, NTNC लगायत सहयोगी संस्थाहरु रहेका छन् । विज्ञान र परम्परागत स्थानीय ज्ञानको सम्मिलन–स्थानीय जलवायु उत्थानशील कार्यको सुदृढिकरण भन्ने नारा सहित शुरु गरिएको तालिमबाट आगामी दिनहरूमा अन्य हिमाली गाउँ–बस्तीतर्फ विस्तार गर्दै लैजाने योजना रहेको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताए । किसानहरु उत्साही हुँदै आगामी दिनमा चौरी भेडा र बाख्रा पालन सम्बन्धी सीप सिकेर व्यवसायिकतातर्फ लाग्ने बताएका छन् ।

लेकाली पशुहरु संरक्षण र व्यवसायिकताका लागि तालिम लिएका किसानहरुमध्येबाट विर बहादुर तामाङको अध्यक्षतामा चौरी पालक समूह, सेर बहादुर तामाङको अध्यक्षतामा भेडा पालन समूह, ए बहादुर तामाङको अध्यक्षतामा बाख्रा पालन समूह समूह समेत गठन गरिएको छ ।

तालिमको अवसरमा सहभागी किसानहरुले २ ओटा भेडा फार्म, एक ओटा चौरी फर्ममा प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । तालिममा खर्क, चौरी, भेडा पालनका समस्या, पशुहरुमा लाग्ने रोग व्यवस्थापनका बारेमा छलफल भएको र तालिमको सहजीकरण डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु आचार्य, उमेश घले, सुनिल सापकोटाले सहजीकरण गरेका छन् ।

८ हजार भेडा, याक १० ओटा र नाक १७ मात्र रहेकोले संरक्षणमा लागेर यसबाट आम्दानी गर्न किसानहरुले प्रतिवद्धता जनाएका छन् । उन्नत, व्यवस्थित, आम्दानीको श्रोत बनाउन तालिमपछि किसानहरु प्रतिवद्ध रहेको लिखित प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट