धादिङ– नेकपा (एकिकृत समाजवादी) ले शुक्रबार धादिङका स्थानिय तहहरुमा स्मरण पत्र बुझाएको छ ।
“सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नाराका साथ समाजवादी देशव्यापी आन्दोलनमा जुटेको छ । आन्दोलनकै कार्यक्रम अन्तर्गत एकिकृत समाजवादीले गत बैशाख २३ गते सबै स्थानिय तहहरुमा आफ्ना माग पत्र पेस गरेको थियो ।
नागरिकका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सवाल र मुद्दाहरुलाई समेटेर एकिकृत समाजवादीले प्रधानमन्त्री देखि वडा अध्यक्षसम्म ध्यानाकर्षण गराईसकेको छ । सोही ध्यानाकर्षण पत्रमा समेटिएका प्रमुख मागहरु पूरा गर्नेगरी पालिकाहरुले आगामी नीति, कार्यक्रम र बजेट निर्माणमा संवेदनशील बनाउन एकपटक पुनः स्मरण गराउने उदेश्यले शुक्रबार धादिङका २ नगरपालिका र ८ वटा गाउँपालिकाहरुमा स्मरण पत्र बुझाईएको एकिकृत समावजवादीका केन्द्रीय सदस्य सुवास खतिवडाले बताए ।
“हाम्रा कतिपय मागहरु संघिय सरकारले गम्भीरताका साथ ग्रहण गर्नुपर्ने र नागरिक प्रति पूर्ण जवाफदेही बनेर पूरा गर्ने प्रकृतिका छन्, यद्यपी स्थानिय सरकार नागरिकको घरआँगनको सरकार भएकाले स्थानिय सवालहरु स्थानिय रुपमै सम्बोधन गर्न र बजेट जनमुखी बनाउन एक प्रकारले दवाव सिर्जना गर्ने उदेश्यले स्मरण पत्र बुझाईको” खतिवडाले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप