नागढुङ्गा–नौबिसे सडक आजदेखि साढे ४ घण्टा बन्द

  • २०८२ जेष्ठ १०, शनिबार (५ घण्टा अघि)
  • ८७ पटक पढिएको
नागढुङ्गा–नौबिसे सडक आजदेखि साढे ४ घण्टा बन्द

काठमाडौं– संघीय राजधानी काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड आजबाट बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने भएको छ । यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म दिउँसो साढे ४ घण्टा सडक खण्ड बन्द गरेर निर्माण कार्य लागिएको हो ।

Advertisement

आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा बन्द गरेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

यसअघि यो खण्ड रातमा बन्द गरेर काम हुँदै आएको थियो । निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि प्राविधिक रुपमा निर्माण दिउँसो गर्नुपर्ने भनेपछि बन्द गरेर निर्माण गर्न लागिएको हो ।

नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर काठमाडौंबाट छुट्ने सवारी नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौंतर्फ आउनेलाई खानीखोलामा रोकिने उल्लेख गरेको छ । सडकमा काम हुने समयमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी वैकल्पिक सडक प्रयोग गर्न प्रमुख जिल्ला अधिकारी घिमिरेले अनुरोध गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट