धादिङको गुम्दिमा शैक्षिक सुधारका लागि अन्तरक्रिया

  • २०८२ जेष्ठ १०, शनिबार (६ घण्टा अघि)
  • १०५ पटक पढिएको
धादिङको गुम्दिमा शैक्षिक सुधारका लागि अन्तरक्रिया

धादिङ– धादिङको गङ्गाजमुना गाउँपालिका–३ गुम्दिमा शैक्षिक क्षेत्रका सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम गरिएको छ । वडामा सञ्चालित विद्यालयहरुमा शैक्षिक सुधारका विषयमा छलफल गरिएको हो ।

Advertisement

गङ्गाजमुना गाउँपालिका–३ को आयोजनामा जनप्रतिनिधिहरु, वडा भित्र रहेका ६ वटा विद्यालयहरुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरुलाई गुणस्तरिय शिक्षा प्रवाह तथा शैक्षिक सुधारका विषयमा एक दिने अभिमूखिकरण गरिएको हो । कार्यक्रममा शैक्षिक सुधारका लागि विद्यालयमा देखिएका समस्या, चुनौति र ति समस्या तथा चुनौति समाधानका लागि जनप्रतिनिधि, शिक्षक, अभिभावकको भूमिका लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजीकरण गरेका हुन् ।

कार्यक्रममा गङ्गाजमुना गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार गुरुङले शिक्षा क्षेत्रलाई वडाले विशेष प्राथमिकता दिएर काम गरिरहेको बताए । ‘शैक्षिक सुधारका लागि वडाले हरेक वर्ष आवश्यकता र मागलाई मध्यनजर गरि बजेट विनियोजन गरिरहेको छ । आगामी दिनमा पनि शैक्षिक क्षेत्रमा आवश्यक बजेट तथा वडाले सहजीकरण गर्नेछ’ उनले भने– ‘शैक्षिक क्षेत्रमा भएका लगानी अनुसार प्रतिफल भएको देखिदैन । के आवश्यक हो वडा तथा पालिकासँग माग गर्नुस् । तर ग्रामिण क्षेत्रमा रहेर अध्ययन गर्ने बालबालिकाको भविष्य पनि सुन्दर बनाउने काममा लागौं । सबै मिलेर लागे गुणस्तरिय शिक्षा सम्भव छ ।’

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट