धादिङ– लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको अध्यक्षमा विक्रम विश्वकर्मा चयन भएका छन् । लायन वर्ष २०२५–२६ को लागि विश्वकर्मा अध्यक्षमा निर्वाचित भएका हुन् । विश्वकर्मा धादिङ अस्पतालमा कार्यरत छन् । लायन्स क्लब अफ धादिङ काठमाडौं क्लबको द्वितीय उपाध्यक्ष, नेपाल रेडक्रस सोसाईटी धादिङको आजीवन सदस्य समते हुन् ।
त्यस्तै, प्रथम उपाध्यक्षमा राजाराम रिजाल, द्वितीय उपाध्यक्षमा डाक्टर दिनेश रेग्मी, सचिवमा तारा रिजाल, सह सचिवमा मन्दिरा आचार्य, कोषाध्यक्षमा सुदर्शन गोम्जा चयन भएका छन् । क्लवले १५ जना सदस्य सहित २२ जनाको कार्यसमिति चयन गरिएको हो ।
क्लबको संस्थापक अध्यक्ष कविता ईटनी, नेपाल पत्रकार महासघं धादिङका अध्यक्ष सिताराम अडिकारीले बधाई तथा सफल कार्यकालको शुभकामना दिदै आगामी दिनमा क्लवले सामाजिक क्षेत्रमा अझै क्रियाशिल भएर काम गर्नु पर्ने बताए ।
कार्यक्रममा क्लबका सचिव तारा रिजालले क्लबले लायन वर्ष २०२४–२५ मा सम्पादन गरेको सामाजिक सेवाका कार्यहरूको विवरण प्रस्तुत गरेकी छिन् । क्लवले विषेशज्ञ स्वास्थ्य शिविर (५०० जनालाई स्वास्थ्य सेवा प्रदान) वृहत रक्तदान कार्यक्रम (१५२ पिन्ट रगत सङ्कलन), नक्षेत्र बाटिका वृक्षारोपण कार्यक्रम (राशी र नक्षेत्र अनुसारका २७ प्रकारका बिरुवा), चेपाङ समुदायका बालबालिकाहरुलाई न्यानो कपडा वितरण (५५ थान) लगायत दर्जनौ कार्यक्रमको बारेमा समिक्षा गरिएको थियो । क्लबका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद ढकाल (शिशिर) ले नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्दै क्लबले गरेका कार्यहरूको बारेमा चर्चा गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप