धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द

  • २०८२ जेष्ठ १३, मंगलबार (२ महिना अघि)
  • २२२ पटक पढिएको
धादिङको थाक्रेमा पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द

काठमाडौं– धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोप्याङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ । नयाँ पुल निर्माणका क्रममा भाइब्रेसनका कारण पुरानो पुलमा भ्वाङ परेपछि आवागमन पूर्ण रुपमा बन्द भएको हो ।

Advertisement

अहिले डाइभर्सन निर्माणको काम सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । वैकल्पिक रुपमा काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिने सवारीहरुलाई बाटोमै रोकिएका छन् ।

साना सवारी साधनलाई गल्छीबाट नुवाकोटको बाटो हुँदै काठमाडौं र काठमाडौं टोखा-नुवाकोट हुँदै गल्छीको बाटो प्रयोग गर्न अनुरोध गरिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट