काठमाडौं- कारागार कार्यालय धादिङमा गएराती एक थुनुवाले झुण्डिएर आत्महत्या गरेका छन् ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीका २० वर्षीय विष्णु सुनारले शौचालयमा झुण्डिएर आत्महत्या गरेको कारागार कार्यालय धादिङका प्रशासक राममणी मिश्रले जानकारी दिए । मिश्रका अनुसार उनी गत ७ गते ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका थिए । सुनार राति १ बजेतिर शौचालय गएका थिए । तर लामो समयसम्म पनि नफर्किएपछि सुरक्षामा रहेकाले शौचालयको झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा मृत भेटिएको हो ।
सुनारले मुडा बुन्न प्रयोग हुने डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको उनले बताए । ‘दुई हात लामो डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको हो । सुनारको शव पोष्टमार्टमका लागि धादिङ अस्पताल पठाइएको छ । घटना बारे थप अनुसन्धान भइ रहेको छ’ प्रशासक मिश्रले भने ।।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप