गणतन्त्र दिवसको अवसरमा धादिङबेसीमा शुभकामना आदान–प्रदान

  • २०८२ जेष्ठ १५, बिहिबार (२० घण्टा अघि)
  • ९२ पटक पढिएको
गणतन्त्र दिवसको अवसरमा धादिङबेसीमा शुभकामना आदान–प्रदान

धादिङ– १८औँ गणतन्त्र दिवसको अवसरमा धादिङबेसीमा प्रभातफेरी तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ ।

Advertisement

जिल्लाको सदरमुकाम धादिङबेसी पुछारबजारबाट सुरु भएको बाजागाजासहितको प्रभातफेरी बजार परिक्रमा गरिएको हो । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी निकायका प्रमुख एवम् प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि तथा सर्वसाधारणकोसहभागिता रहेको थियो ।

कार्यक्रमपछि नीलकण्ठ नगरपालिकाको सिटीहलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले, नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद खेम लोहनी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामबहादुर भण्डारी, नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष सबिता अर्याल, नेपाली काँग्रेसका जिल्ला सदस्य देवी कोइराला, नेकपा एमालेका जिल्ला सचिव राधिका सापकोटा, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष मनराज भण्डारी, नेकपा एसका जिल्ला सदस्य शिवनिधि खनाल, गैसस महासंघका कार्यवहाक अध्यक्ष अधिवक्ता तोलाकुमारी पाठक लगायत वक्ताहरूले शुभकामना व्यक्त गर्दै गणतन्त्रको उपलब्धिबारे चर्चा गरेका थिए ।

राजतन्त्रको समयमा जनता राज्यबाट टाढा रहेको र उनीहरूको सेवामा सरकार केन्द्रित नभएको उल्लेख गर्दै गणतन्त्र स्थापनापछि गाउँगाउँमा सडक, अस्पताल, स्वास्थ्य चौकी, विद्यालय जस्ता पूर्वाधार पुगेको र नागरिकले गाँस, बास, कपाससहित आर्थिक तथा सामाजिक अधिकारको अनुभूति गर्न थालेको उनीहरुले बताएका छन् । गणतन्त्रको विकल्प फेरि राजतन्त्र खोज्नु होइन, अझ सशक्त, उत्तरदायी र समावेशी गणतन्त्रको अभ्यास गर्नु आवश्यक रहेकोमा उनीहरुले जोड दिएका छन् । अँध्यारोको सट्टा उज्यालो खोज्नु नागरिकको अधिकार र कर्तव्य रहेको भन्दै गणतन्त्रलाई अझ सुदृढ र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट