टिप्परको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु  

  • २०८२ जेष्ठ १७, शनिबार (१ दिन अघि)
  • ८० पटक पढिएको
टिप्परको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु  

काठमाडौं– धनगढीमा टिप्परको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुर चोक नजिकै सुदूरपश्चिम प्रदेश ०१००१–त २६४५ नम्बरको टिप्परले ठक्कर दिँदा बैतडी जिल्लाको पाटन नगरपालिका–६ निवासी ५३ वर्षीय मन्दिर सिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

कैलालीको गोदावरी नगरपालिका–५ का २७ वर्षीय अर्जुन चौधरीले चलाएको टिप्परले बाटो काट्ने क्रममा विष्टलाई ठक्कर दिएको थियो । दुर्घटनामा परि गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल, धनगढी पुर्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो। हाल उनको शव अस्पतालमै राखिएको छ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट