धादिङमा बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८२ जेष्ठ १७, शनिबार (१ दिन अघि)
  • ११० पटक पढिएको
धादिङमा बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– धादिङमा बहुविवाह मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

नीलकण्ठ नगरपालिका-६ सुनौलाबजार नवलपुरका ४१ वर्षीय नर बहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

धादिङ जिल्ला अदालतबाट फैसला कार्यान्वयन अन्तर्गत एक वर्ष कैद र पाँच हजार जरिवाना तोकिएका फरार रानालाई इलाका प्रहरी कार्यालय सुनौलाबजार धादिङबाट खटिएको प्रहरी टोलीले जेठ १६ गते शुक्रबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हमालले बताए ।

पक्राउ गरिएको रानालाई आवश्यक कारवाहीको लागि धादिङ जिल्ला अदालतमा बुझाईएको उनले जानकारी दिए ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट