धादिङ– जिल्लाको सदरमुकाम धादिङबेसीमा सञ्चालित त्रिमूर्ति मोबाईल हाउसले नयाँ शाखा विस्तार गरेको छ । नयाँ शाखाको रुपमा धादिङबेसी विच बजार चोकमा त्रिमूर्ति स्टोर विस्तार गरेको हो ।
ग्राहकको माग र आवश्यकतालाई मध्यनजर गरि त्रिमुर्ती मोबाईल हाउसको अर्काे नयाँ शाखा त्रिमूर्ति स्टोर विस्तार गरिएको प्रोपाइटर इश्वर श्रेष्ठले बताए । ‘२०६९ सालदेखि यस क्षेत्रमा छौं । मोबाईलसँगै अहिले ल्यापटप पनि थपेका छौं । मोबाईल र ल्यापटसहित सम्पूर्ण सामाग्रीहरु पाइन्छ’ उनले भने– ‘मिलनटोल, विचबजार र पुछारबजारसहित तीन स्थानबाट त्रिमूर्तिका सेवा प्रवाह भइ रहेका छन् । मोबाईल, ल्यापटप किस्ताबन्दीमा पाइने भएपछि ग्राहकको विश्वास र चाप पनि बढेको छ । ग्राहक सन्तुष्ट भए हामी सन्तुष्ट हुने हो । आशा छ, आगामी दिनमा पनि सबैको अहिलेको जस्तै मायाँ र साथ पाउँनेछौं ।’
शाखा विस्तारका क्रममा विभिन्न खेल खेलाउदै ग्राहक तथा सहभागीहरुलाई उपहार समेत वितरण गरिएको छ । यस अघि त्रिमुर्ती मोबाईल हाउसले नयाँ वर्षको अवसरमा लक्की ड्र मार्फत ग्राहकहरु मध्येबाट एक जनालाई टिभिएस एन्ट्रोक स्कुटर उपहार दिएको थियो । उक्त उपहार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ खहरेकी सजिना खड्काले जितेकी थिइन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप