नुवाकोट– नुवाकोटको म्यागङ गाउँपालिका बालमैत्री स्थानीय शासनसम्बन्धि अभिमूखिकरण कार्यक्रम गरिएको छ ।
गाउँपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका कर्मचारी तथा सरोकारवालाहरूको लागि बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणा सम्बन्धि जानकारी दिने तथा क्षमता विकास गर्ने र पालिका तहको बालमैत्री समिति गठन गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
अभिमुखिकरण कार्यक्रम म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङको अध्यक्षतामा २७ सदस्यीय बालमैत्री स्थानीय शासन समिति गठन गरिएको छ । बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासन पालिका स्तरीय संरचना र बालमैत्री स्थानीय शासनका ५१ सूचकहरू, बालमैत्री स्थानीय शासनका चरणहरु लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक एवम् बालमैत्री स्थानीय शासन विज्ञ दामोदर अर्यालले सहजीकरण गरेका छन् ।
अभिमुखीकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष आशा तामाङ, उपाध्यक्ष सिता तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवकी सिम्खडा, लेखा अधिकृत बाबुलाल नेगी वडा अध्यक्षहरु, सदस्यहरु, विषयगत शाखाका प्रमुखहरु, बालक्लबका प्रतिनिधि, शिक्षक, महिला समूह, महिला स्वयंसेविकाहरु लगायतको सहभागिता रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख फुलमाया खजुमले जानकारी दिइन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप