काठमाडौं– नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा गजेन्द्र प्रसाद थपलिया निर्वाचित भएका छन् । परिषदको ११आंै राष्ट्रिय अधिवेशनबाट थपलिया अध्यक्षमा निर्वाचित भएका हुन् ।
थपलियाले १५४ मत पाएर अध्यक्षमा निर्वाचित भए । उनका प्रतिद्धन्द्धि दिपेन्द्र भण्डारीले १०४ मत ल्याएका छन् ।
अध्यक्षमा निर्वाचित थपलिया नेपालमा तुईन विस्थापित, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, नागढुंगा सुरुङमार्ग, र मध्यपहाडी लोकमार्गजस्ता ठूला पूर्वाधार परियोजनाहरु अगाडी बढाउन ठूलो भूमिका खेलेका थिए ।
धादिङको सिद्धलेक गाउँपालिका परेवाटारका थपलिया नेकपा एमालेको शहरी विकास विभाग सचिव समेत हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप