काठमाडौं– नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी छिन् ।
उनले महिलातर्फ ६८ केजीमाथी तौल समूहमा आइतबार कास्य पदकका लागि भएको खेलमा फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले हराउँदै कांस्य जितेकि हुन् । सेमिफाइनलमा स्पेनी खेलाडीसँग बराबरी अंक जोडेपनि सेन्सुका आधारमा पराजित भएपछि एरिकाले कांस्य पदकका लागि खेलेकी हुन् ।
विश्वकै शीर्ष ३२ खेलाडी मात्र खेल्ने करातेको विश्वकै प्रतिष्ठित लिग माने कराते वान प्रिमियर लिगमा पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी बनेकी छिन् । एरिकाले कराते वान प्रिमियर लिगमा पहिलो पटक छनोट हुँदै ऐतिहासिक सफलता हात पारेकी हुन् । पछिल्लो समय एरिका नेपाली खेलकुदको स्टारको रुपमा परिचित छिन् । उनले १९औं एसियन गेम्स र एसियन कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत जितिसकेकी छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप