नीलकण्ठ मावि ले ५१औं वार्षिक उत्सव मनायो

  • २०८२ जेष्ठ १९, सोमबार (१ दिन अघि)
  • १२० पटक पढिएको
नीलकण्ठ मावि ले ५१औं वार्षिक उत्सव मनायो

धादिङ– धादिङको नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयले ५१औं वार्षिक उत्सव मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव मनाएको हो ।
वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा विभिन्न प्रतिस्पर्धाका विजयीहरुलाई पुरस्कार वितरण, उत्कृष्ठ शिक्षक कर्मचारीहरुलाई सम्मानको साथमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।

Advertisement

विद्यालयले वार्षिक उत्सवकै अवसरमा शैक्षिक संस्था व्यवस्थापन प्रणाली सम्बन्धि गुणस्तर चिन्ह आइएसओ २१००१ समेत प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन आइएसओ को मापपदण्ड पुरा गरेको कारण प्रमाणपत्र प्रदान गरिएको हो ।
वार्षिक उत्सव समारोहको सम्बोधन गर्दै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले जिल्लाको केन्द्रमा रहेको विद्यालयले शैक्षिक गुणस्तरमा फोकस गर्नु पर्ने बताए ।
वार्षिक उत्सवकै अवसरमा प्राप्त गरिएको आइएसओ प्रमाणपत्रले विद्यालयको विश्वास र उचाई थप उचो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कोईरालाले बताए । ‘विद्यालयमा थप शैक्षिक गुणस्तर सुधार गर्न प्रेरणा मिलेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्नेछ । हामी शैक्षिक गुणस्तर र व्यवहारिक शिक्षामा जोड दिएका छौं’ उनले भने ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट